कोरोना संक्रमणबाट थप एक सैनिक जवानको मृत्यु



काठमाडौं : कोराना संक्रमणबाट नेपाली सेनामा कार्यरत थप एक सैनिकको मृत्यु भएको छ ।

बझाङ जिल्ला घर भई काठमाडौं उपत्यकामा कार्यरत सैनिक जवानको शुक्रबार वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उनलाई यही असोज ६ गते छारे रोगको लक्षण देखिएपछि आकस्मिक रुपमा आइसियुमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

उनको यही असोज ८ गते स्वाव परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । योसँगै नेपाली सेनामा (कोभिड-१९) का कारणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।

हालसम्म नेपाली सेनामा कुल संक्रमितको संख्या २,१९७ पुगेको छ । तीमध्ये ५३९ जनालाई निको भइसकेका छन् भने १ हजार ६५६ सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशितः १० असोज, २०७७

प्रतिक्रिया दिनुहोस्