बाघको आक्रमणबाट वृद्धाको मृत्यु



चितवन : आज (शनिबार) बाघको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको आडमा रहेको बेलसहर मध्यवर्ती सामुदायिक वनमा वृद्धा जगदिश चौधरीको मृत्यु भएको हो । भरतपुर महागरपालिका-१३ का ६५ वर्षीय चौधरीको घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी मृत्यु भएको हो ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा स्थानीयको ज्यानै जाने गरेर वन्यजन्तुले आक्रमण गरेको चालु आर्थिक वर्षमा यो दोस्रो घटना हो । अघिल्लो आर्थिक वर्षमा चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुले आक्रमण गर्दा पाँचजनाको निधन भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

प्रकाशितः १० असोज, २०७७

प्रतिक्रिया दिनुहोस्