सरकार बलात्कारीलाई फाँसी दे !



काठमाडौं : बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरेको विरोधमा संघीय राजधानी काठमाडौमा प्रदर्शन भएको छ ।

शनिबार काठमाडौंको माइतीघर मण्डलामा दुई समूहले प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले सम्झाना विकको हत्यारालाई कारबाही गर्न माग गरेका छन् ।

प्रदर्शनकारीहरुले बलात्कारीलाई फाँसी दे, मलाई माया गर, बलात्कार होइन् भन्ने नारन लेखिएको प्ले कार्ड बोकेका थिए ।

बझाङको मास्टा गाउँपालिकाकी सम्झनाको बुधबार साँझ बलात्कारपछि हत्या गरेको प्रहरीको आशंका छ ।

प्रकाशित : असोज १०, २०७७

प्रतिक्रिया दिनुहोस्