थप १२०७ जना कोरोना संक्रमित, ८ जनाको मृत्यु



काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १००१९ नमुना परीक्षण गर्दा १२०७ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर ११ सय ४७ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५१ हजार १३ जना पुगेको छ । त्यस्तै २४ घण्टामा नेपालमा थप ८ जनाको मृत्यु भएको छ ।

यसैगरी काठमाडौं उपत्यकामा मात्र ७२४ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका ५८३, ललितपुरका ७८ र भक्तपुरका ६३ जना छन् ।

प्रकाशित : असोज १०, २०७७

प्रतिक्रिया दिनुहोस्