सेती लोकमार्ग फुटबल प्रतियोगिता सुरु हुँदै



कैलाली : कैलालीको बौनियामा आजदेखि सरस्वती एग्रो इण्डस्ट्रिज चौथो बर्दगोरिया सेती लोकमार्ग फुटबल प्रतियोगिता हुँदै छ ।

सडकपुर बौनिया युवा क्लबको आयोजनामा सञ्चालन हुने फुटबल प्रतियोगिताले सेती लोकमार्गको निर्माण कार्य तीव्र बनाउन दबाब वृद्धि गर्ने उद्देश्य पनि राखिएको जनाइएको छ ।

 

प्रतियोगिता आयोजक क्लवका अध्यक्ष प्रकाश साउँदले प्रतियोगिताले बर्दगोरिया धार्मिक क्षेत्रको विकास र संवद्र्धनमा समेत सहयोग पुर्‍याउने बताए ।

खेल संयोजक पुष्प भण्डारीका अनुसार प्रतियोगितामा कैलालीका १८ वटा टिमको सहभागिता रहने छ । प्रतियोगिताको विजेता टिमले दुई लाख, उपविजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने प्रतियोगिताका आर्थिक संयोजक विकास मल्लल बताए । प्रतियोगिता सञ्चालन गर्न करिब १४ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्