कैलालीमा सशस्त्र प्रहरी जवान मृत फेला



धनगढीः कैलालीमा सशस्त्र प्रहरीका एक जवान मृत फेला परेका छन् ।

सुर्खेत घर भएका २२ वर्षीय प्रहरी जवान कुमार तारुमगर मृत फेला परेको प्रहरीले जनाएको छ । उनी बिओपी सशस्त्र प्रहरी गण धनगढीको जुगेडामा कार्यरत रहेका थिए ।

हिजो बेलुका कार्यालयबाट निस्केका उनी नफर्किएपछि खोजी कार्य गर्दा शनिबार बिहान ११ बजे धनगढी उपमहानगरपालिका-१४ को खुटिया खोलामा मृत फेला परेका थिए । शव सेती प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । शरीरमा चोटपटक नदेखिए पनि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशितः १० असोज, २०७७

प्रतिक्रिया दिनुहोस्