पूर्व राजदूत राजभण्डारीको निधन



काठमाडौंः पूर्व राजदुत पुस्करमान सिंह राजभण्डारीको निधन भएको छ ।

राजभण्डारीको शुक्रबार साँझ हात्तीगौडास्थित आफ्नै निवासमा निधन भएको परिवारले जनाएका छन् । शनिबार बिहान उनको अन्तिम संस्कार गरिएको थियो ।

८० वर्षीय राजभण्डारी सन् १९६९ मा शाखा अधिकृतबाट परराष्ट्र सेवामा प्रवेश गरेका थिए । उनले पाकिस्तान, रुस, चीन र थाइल्यान्डस्थित नेपाली नियोगमा विभिन्न पदमा रहेर काम गरेका थिए ।

सन् २००३ देखि सन् २००६ सम्म पाकिस्तानको राजदूतको जिम्मेवारी उनले सम्हालेका थिए । राजभण्डारी पूर्व करिअर राजदूत क्लब समूहका अध्यक्षसमेत थिए ।

प्रकाशितः १० असोज, २०७७

प्रतिक्रिया दिनुहोस्