आज–११ असोज २०७७ आइतवारको राशिफल



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मानसिक चिन्त बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । धन प्राप्त हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । अरुको मन जित्न सकिनेछ । लाभदायक यात्राको योग छ । वैदेशिक कार्य अघी बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज स्वास्थ्यमा समस्या आउँदा धन खर्च हुने योग रहेको छ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । मनमा चञ्चलतापनि बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्य सम्पादनमा समस्या आउला । पारिवारिक उल्झनमापरि काम विग्रिएला । सरकारी निकाएको भय रहनेछ । मनमा सङ्का उत्पन्न हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज विद्या र बुद्धिके विकास हुनेछ । मंगल कार्यको योगछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । रोजगारको अवसर मिलनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज शुभकार्यको चर्चा चल्नेछ । नयाँ काम वा रोजगार पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अचल सम्पत्ती हात पर्ने योगछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मंगल कार्यको योगछ । चिताएको कामले तीव्रता लिनेछ । व्यापार,व्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापारमा सफलता र रुची बढ्नेछ । उपहारको सम्भावनापनि छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । बौद्धिकताको विकास हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यर्थको यात्रामा जान बाध्य भइएला । मन खिन्न हुने स्थिति आउनेछ । नजिक व्यक्तिबाट धोका पाइन सक्छ । पेट सम्बधी समस्या आउला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मान प्रतिष्ठामा बृद्धि होला ।

प्रकाशित : असोज ११, २०७७

प्रतिक्रिया दिनुहोस्