गिल चम्किदा कोलकत्तासँग हैदरावाद ७ विकेटले पराजित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सात विकेटले पराजित गरेको छ ।

शनिबार राति अबुधाबीको मैदानमा हैदरावाद दिएको १४३ रनको लक्ष्य कोलकाताले १८ ओभरमा तीन विकेट गुमाएर भेटायो ।

कोलकाताको जितमा शुभमन गिल नायक बने । उनले ६२ बलमा नटआउट ७० रन बनाएका उनी म्यान अफ द म्याच बने । इयान मोर्गनले २९ बलमा नटआउट ४२ रन योगदान गरे ।

कोलकाताको सुरुवात भने राम्रो थिएन । ओपनिङमा आएका सुनिल नरेन दोस्रो ओभरमै आउट भए । उनले रनको खाता खोल्नै पाएनन् ।

यसैगरी नितिश राणाले १३ बलमा २६ रन बनाए । कप्तान दिनेश कार्तिकले पनि कुनै कमाल गर्न सकेनन् । उनले खाता नै खोल्न सकेनन् । उनी राशिद खानको बलमा एलबीडब्लु भए ।

सातौं ओभरमा तेस्रो विकेट गुमाइसकेको कोलकाताको स्कोर ६३ रन थियो । अप्ठ्यारोस्थितिमा देखिएको टिमलाई शुभम गिलले सम्हाले । उनले ४२ बलमा अर्धशतक पूरा गरेका थिए भने कोलकाताले एक सय रनको आँकडा १४ ओभरमा पूरा गरिसकेको थियो ।

पाँचौ नम्बरमा ब्याटिङमा आएका इयान मोर्गन पनि राम्रो लयमा थिए । मोर्गन र गिलले ९२ रनको साझेदारी गर्दै कोलाकातालाई जिताए ।

यसअघि अबुधाबीको शेख जायद स्टेडियममा पहिले टस जितेर ब्याटिङ रोजेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १४२ रन बनाएको थियो ।

कोलकाताका लागि मनिष पाण्डेले सर्वाधिक ५१ रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरे । कप्तान डेभिड वार्नरले ३६, रिद्धिमान साहाले ३० र मोहम्मद नावीले ११ रन बनाए । अन्यले दोहोरो अंकको रन जोड्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधाम : कोरोना महामारीका बेला सांसदहरुले दशैं भत्ता लिएको भन्दै आलोचना र विरोध सुरु हुन

कैलाली– कैलालीमा नेपाल प्रहरीका असई गोविन्द विक र जवान रामबहादुर साउँदको हत्यामा संग्लन आरोपमा पक्राउ

काठमाडौं : विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण हुने भएको छ । दुवै दलले

काठमाडौं– राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालमा बेल्ट एण्ड रोड परियोजनाअन्तर्गतका आयोजनाहरु कार्यान्वयन गर्नुपर्ने बेला

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टी (जसपा) को संघिय परिषद अध्यक्षमा चयन

काठमाडौं– नेपाल कम्यूनिष्ट पार्टीकी नेतृ एवं प्रतिनिधिसभा सदस्य राम कुमारी झाँक्रीले सरकार के को लागि

काठमाडौं– कोभिड १९ संक्रमणको उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय तत्काल फिर्ता गर्नुुपर्ने कांग्रेस नेताहरुले

काठमाडौं– कोभिड संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा चिल्लो खाद्य वस्तु कम खान पोषणविद् डा. मनसा

काठमाडौं : हेलीको पुछ्रेताराका कारण हुने मृगशिरा उल्कावर्षाको गतिविधि आज राति अत्यधिक देखिने नेपाल एष्ट्रोनोमिकल

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वसाधारणलाई अति आवश्यक नभई घरबाहिर ननिस्कन अपिल गरेको छ। सहायक

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले महामारीका बेला नागरिकलाई समान रुपमा उपचार

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य गगन थापाले संसदबाट भागेको सरकारलाई