भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई जनालाई पक्राउ



कञ्चनपुर : प्रहरीले भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई जनालाई पक्राउ गरेको छ ।\

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुवै जनालाई कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट शनिबार साँझ सुनका गहनासहित पक्राउ गरेको हो ।

डोटी केआइसिंह गाउँपालिका–२ का २२ वर्षीय मोहन कामी र १९ वर्षीय सुनिल भुजेललाई सुनका गहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले ४४० ग्राम ६३० मिलीग्राम सुनका विभिन्न किसिमका तयारी गहना बरामद भएको थापाले बताए ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असोज ११, २०७७

प्रतिक्रिया दिनुहोस्