प्रयोगशालाका लागि स्वास्थ्य सामग्री हस्तान्तरण



पाल्पा : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको सहयोगमा कोरोना परीक्षण गर्न चाहिने स्वास्थ्य सामग्री पाल्पा अस्पताललाई प्रदान गरिएको छ ।

ल्पाको काजीपौवामा सञ्चालन हुन गइरहेको पीसीआर प्रयोगशालालाई आवश्यक स्वास्थ्य सामग्री प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।

भिटीए ९०० पिस, आरटी र पिसीआर किट ३३४, एनएइई किट ३३४, गाउन ५० थान, सुकभर ५० जोर, पञ्जा ३३ जोर, चश्मा २० थान, एन–९५ मास्क ५० थान सामग्री हस्तान्तरण गरिएको हो । उहाँले भौतिक पूर्वाधारबिना पनि पाल्पामा प्रयोगशाला सञ्चालन गर्ने अनुमति अस्पतालले प्राप्त गरेको बताए । उनले कोरोना परीक्षण गर्न पीसीआर मेशिन आएको र पूर्वाधारसमेत तयार भइसकेको बताए । उनले दुई÷तीन दिनमा विद्युत् जडान गरी परीक्षणको कार्य शुरुआत गर्न निर्देशन दिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष नारायण आचार्यले कोभिड–१९ जाँच गर्न सक्षम र प्रशस्त प्राविधिक रहेको बताए । पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानले प्रयोगशाला निर्माणका लागि अस्पतालका अध्यक्षको काम प्रशंसनीय रहेको बताए ।

पाल्पाका कोरोना सङ्क्रमितहरुको स्वाब सङ्कलन गरी परीक्षण गर्न जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता थियो । तानसेनमा सञ्चालन हुने प्रयोगशालाले कोरोना परीक्षण गर्न सहज हुने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– राष्ट्रपतिको कार्यालय शीतलनिवासको आधिकारिक ट्विटर ह्यान्डल बन्द गरिएको छ। राष्ट्रपतिको कार्यालयका सूचना र जानकारी

जनकपुरधाम– सर्लाहीमा एकजना वडाध्यक्षले मेला हेर्न गएका एक दलित युवकलाई चोरीको आशंकामा मरनासन्न हुनेगरि कुटपिट

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को यही कातिक १५ देखि १७ गतेका लागि

काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको तालिका सार्वजनिक गरिएको छ ।

झापा– वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनले मङ्गलवार

बिहार– बिहार विधानसभाका लागि पहिलो चरणको लागि मतदान भइरहेको छ । बिहान ९ बजेसम्म ७.१७

काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । बुधबार मौसम बुलेटिन जारी

काठमाडौं– नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर

चितवन– कोरोना भाइरसको संक्रमणबाट चितवनको भरतपुरमा उपचाररत एक जना संक्रमितको मृत्यु भएको छ। पूर्वि नवलपरासीको

पर्सा– नेकपा पर्साका जिल्ला सदस्य मुकेश चौरसियाको मृत्यु प्रकरणबारे पर्सा प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै

काठमाडौं– भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ मा नेपाल आउने भएका छन्

महोत्तरी– पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीमा रहेका अधिकांश पक्की पुल जीर्ण बन्दै गएका छन् । जिल्लामा पर्ने