कोरोना संक्रमणबाट नेपालगञ्जमा ४७ वर्षीय पुरुषको मृत्यु



नेपालगञ्ज : कोरोना संक्रमणबाट नेपालगञ्जमा थप एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ का ४७ वर्षीय पुरुषको आइतबार बिहान ५ बजे कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार भदौ २९ गते स्वाब लिएर उनमा ३१ गते कोरोना पोजेटिभ देखिएको थियो । लामो समयसम्म उपचारमा रहँदा पनि उनको स्वास्थ्यमा सुधार नआएपछि आइतबार बिहान ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनमा मधुमेहको समस्या थियो । उनी मेडिकल कलेज, नेपालगञ्जका प्रशासनिक कर्मचारी भएको बुझिएको छ । फोकलपर्सन श्रेष्ठले योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको जानकारी दिए ।

प्रकाशित : असोज ११, २०७७

प्रतिक्रिया दिनुहोस्