डा. केसीसँग सम्वाद गरी सहमति खोज्न सरकारलाई शान्ति समाज आग्रह



काठमाडौं : अनसनरत डा. गोविन्द केसीसँग सम्वाद गरी सहमति खोज्न सरकारलाई मानव अधिकार तथा शान्ति समाजले आग्रह गरेको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै समाजले एक निष्ठावान सत्याग्रहीप्रति सम्मान प्रकट गर्दै सम्वादमार्फत शीघ्र सहमति खोज्न र सम्वेदनशीत बन्न सरकारलाई आग्रह गरेको हो ।

सरकारले डा. केसीसँग गरेका सहमतिका सन्दर्भमा छलकपटपूर्ण व्यवहार गर्नु दूर्भाग्य भएको भन्दै समाजले तत्काल सम्वाद गरी सहमति खोज्दन आग्रह गरेको छ ।

समाजले डा. केसीप्रति सरकारले गरेको व्यवहार निन्दनीय भएको टिप्पणी गरेको छ ।

प्रकाशित : असोज ११, २०७७

प्रतिक्रिया दिनुहोस्