एनसीबीको सोधपुछका क्रममा दीपिका तीन पटक रोइन्, अफिसरले हात जोडेर सत्य बोल्न भने



नयाँ दिल्ली– शनिबारको दिन बलिउडका तीन अभिनेत्रीको लागि धरै कष्टकर रहयो । एकतर्फ एनसीबीले एक्सन मोडमा दीपिका पादुकोण, सारा अली खान र श्रद्धा कपुरसँग सोधपुछ गरेको थियो भने अर्कोतर्फ दीपिका, सारा र रकुलको मोबाइल एनसीबीले जफत गरिदिएको छ । यसैबीच अर्को एक आश्चर्य लाग्दो घटना पनि बाहिरिएको छ । एनसीबीको सोधपुछको क्रममा दीपिका तीन पटक रोएकी थिइन् । एक्ट्रेसको आँखामा आशु आएको थियो ।

एनसीबी जब दीपिकासँग सोधपुछ गरिरहेको थियो तब दीपिका तीन पटक ब्रेक डाउन भएकी थिइन् । र उनी रुन थालिन् । र यो देखेपछि एनसीबीको अफिसरले उनलाई इमोसनल कार्ड नखेल्नको चेतावनी पनि दिएको थियो । अफिसरले हात जोडेर दीपिकालाई रुनुको साटो सत्य बताउनको लागि आग्रह गरेको थियो । दीपिकालाई यो पनि भनिएको थियो उनको लागि सबैकुरा सत्य भन्नु नै उत्तम हुनेछ ।

योसँगै एनसीबीले दीपिकाको मोबाइल पनि जफत गरेको छ र अब अनुसन्धान पनि त्यसैगरि अघि बढ्ने छ । उनको फोनबाट उनको ड्रग डिलरसँगको कनेक्श्न रहेको वा रहेको भन्ने अनुसन्धान हुनेछ । सोधपुछको क्रममा दीपिकाले ड्रग प्रयोग गर्ने गरेको इनकार गरेकी छन् । उनले ड्रग सप्लाईको खबर पनि झुटो रहेको बताएकी छन् । अब यस्तो अवस्थामा उनको मोबाइलबाट केही सूचनाहरू निकालने प्रयासहरू भइरहेको छ र यसको आधारमा नै उनलाई कस्तो कारवाही हुन्छ भनेर फैसला हुने बताइएको छ ।

पाँच घण्टाको सोधपुछमा पनि दीपिकालाई सुशांत सिंह राजपूत वा रिया चर्कवर्तीसँग सम्बधित कुनै पनि प्रश्नहरू सोधिएको थिएन । एनसीबीको सबै ध्यान दीपिकाको करिश्मासँगको च्याटमा थियो जुनमा उनी ड्रग्सको बारेमा कुराकानी गरीरहेकी थिइन् । दीपिकाले त्यो च्याटको सम्बन्धमा पनि ठूलो कन्फर्मेसन गरेकी छन् । उनीहरूले स्वीकार गरिन् कि उनीहरु च्याटको पनि एक हिस्सा हो जसमा ड्रग्सको बारेमा कुरा गरिरहेको छ । एनसीबीले यस बिषयमा थप अनुसन्धान गर्नेछ। एसआईटी टोली सोमबार दिल्लीको लागि प्रस्थान गर्नेछ र हरेक पक्षबाट निर्देशकलाई अपडेट गर्नेछ । -आजतकबाट

प्रतिक्रिया दिनुहोस्