मन्त्रिपरिषदको बैठक सम्पन्न, विभिन्न राजनीतिक नियुक्ति



काठमाडौं : मन्त्रिपरिषद्को आइतबार बसेको आकस्मिक बैठकले विभिन्न राजनीतिक नियुक्ति गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यकारी निर्देशकमा डा. दीपक अधिकारीलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद्ले अन्य विभिन्न नियुक्ति पनि गरेको छ । त्यस्तै नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तारणसम्बन्धी सम्झौता गर्न मन्त्रिपरिषद्ले अख्तियारी प्रदान गरेको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यले सम्झौता गर्ने अख्तियारी प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्