मुख्यमन्त्रीसमक्ष नीति तथा योजना आयोगद्वारा प्रतिवेदन प्रस्तुत



जनकपुरधाम : प्रदेश २ को नीति तथा योजना आयोगले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन प्रदेश सरकारलाई बुझाएको छ ।

मुख्यमन्त्री लालबाबु राउतसमक्ष आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले प्रतिवेदन बुझाएका हुन् । गत आर्थिक वर्षमा गरिएका कामकारबाहीहरु समावेश गरी ४२ पृष्ठ लामो प्रतिवेदन आयोगले बुझाएको हो ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम, विषयगत मन्त्रालयको बजेट सीमा निर्धारण र मार्ग दर्शन, मध्यकालिन खर्च संरचना, प्रदेशको प्रथम आवधिक योजना, दीगो विकासका लक्ष्यहरुको मार्गचित्र, प्रदेशको जानसांख्यिक स्थिति विवरण, प्रदेशको प्रोफाइल निर्माण, प्रदेश अनुगमन, तथा मूल्यांकन दिग्दर्शन, प्रदेश योजना तथा कार्यक्रम दिग्दर्शन निर्माण लगायतका विषय प्रतिवेदनमा समावेश गरिएको छ ।

प्रतिवेदन हस्तान्तरण कार्यक्रममा मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, आयोगका उपसचिव ठूलोबाबु दहाललगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्