उपत्यकामा ८०९ सहित देशभर १५७३ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ ।

यसैगरी उपत्यकामा ८ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा ८ सय ९ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ६ सय ३३, ललितपुरमा १ सय ४ र भक्तपुरमा ७२ जना रहेका छन् । २४ घण्टामा १० हजार १ सय २३ पीसीआर परीक्षण भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १० जनाको मृत्यु भएको छ । जसमध्ये उपत्यकामा कोरोनाबाट ५ जनाको मृत्यु भएको प्रवक्ता गौतमले बताए ।

मृत्यु हुनेमा काठमाडौंमा एक महिलासहित ३ जना र ललितपुरमा २ पुरुष गरी जम्मा ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोनाबाट हालसम्म ४ सय ७७ जनाको मृत्यु भएको छ ।

प्रकाशित : असोज ११, २०७७

प्रतिक्रिया दिनुहोस्