डा. केसीको जीवन रक्षाको माग गर्दै ३३ अधिकारकर्मीको अपील



काठमाडौं : १४ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै ३३ अधिकारकर्मीले सरकारसँग अपील गरेका छन् ।

डा. केसीको शरीर कमजोर बन्दै गएको र जतिबेला पनि अवस्था गम्भीर हुनसक्ने भन्दै उनीहरुले सरकारसँग जीवन रक्षाको अपील गरेका हुन् ।

१९ औँ पटक अनशन बसेका केसीको रोग प्रतिरोधात्मक क्षमता कमजोर बन्दै गएको चिकित्कले बताएको र कोरोना महामारीमा हुनसक्ने जोखिमबाट जोगाउनु राज्यको कर्तव्य भएको भन्दै विज्ञप्तिमा जीवन रक्षाको माग गरिएको छ ।

‘पटक–पटक आमरण अनशन बसिरहनु भएका डा. केसीको शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको चिकित्सकले बताउँदै आएका छन् । अर्कातिर हालको कोरोना महामारीबाट हुनसक्ने जोखिमबाट जोगाउनु पनि राज्यको कर्तव्य हुन आउँछ,’ अपीलमा भनिएको छ–‘डा. केसीको गिर्दो स्वास्थ्य अवस्थालाई ख्याल गरी तत्कालै उहाँको जीवन रक्षा र उहाँले उठाएका माग सम्बोधन गर्नका लागि सरकारसँग हामी हार्दिक अपील गर्दर्छौं ।’

३३ अधिकारकर्मीको तर्फबाट डा. केदारनरसिंह केसीले हस्ताक्षर गरेको अपीलमा कोरोना संक्रमणको रोकथाम, संक्रमितको सरल परीक्षणका विषय र मुलुकमा बढेको भ्रष्टाचारका सवालमा सरकार गम्भीर बन्नुपर्ने उल्लेख गरिएको छ ।

गत भदौ २९ गते जुम्लाबाट अनशन शुरु गरेका केसीलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो । त्यहाँबाट हेलिकप्टरमा असोज ६ गते काठमाडौं ल्याइएको हो । अहिले उनी त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन् ।

अपीलकर्ताः
कल्याण श्रेष्ठ, पूर्व प्रधानन्यायाधीश
सुशीलाकार्की,पूर्व प्रधानन्यायाधीश
दमननाथढुगांना,पूर्वसभामुखएवं मानवअधिकारवादी
प्रा.डा. केदारभक्तमाथेमा, पूर्व उपकुलपतित्रि.वि.
प्रा.डा. कपिलश्रेष्ठ, पूर्व सदस्य, मानवअधिकार आयोग एवं मानवअधिकारवादी
डा. केदारनरसिंह केसी, अध्यक्ष, प्रजातान्त्रिकविचार समाजएवं पूर्व अध्यक्ष, नेपालचिकित्सक संघ 
चरण प्रसार्इं, मानवअधिकारवादी
हरिहर दाहाल, पूर्वअध्यक्ष नेपालबार एसोसिएसन
शम्भु थापा, पूर्वअध्यक्ष नेपालबार एसोसिएसन
प्रेमबहादुर खड्का, पूर्व अध्यक्ष, नेपालबार एसोसिएसन
शेरबहादुर केसी, पूर्व अध्यक्ष, नेपालबार एसोसिएसन
डा. विपीनअधिकारी, संविधानविद
डा. दिनेश त्रिपाठी, बरिष्ठ अधिवक्ताएवं मानवअधिकारकर्मी
डा. भीमार्जुन आचार्य, संविधानविद् 
हरिहर विरही, पूर्वअध्यक्ष, नेपालपत्रकार महासंघ 
तारानाथदाहाल, पूर्वअध्यक्ष, नेपालपत्रकार महासंघ
धर्मेन्द्र झा, पूर्व अध्यक्ष, नेपालपत्रकार महासंघ
डा. सुधाशर्मा, पूर्व अध्यक्ष, नेपालचिकित्सक संघ 
डा. चोपलाल भुसाल, पूर्व अध्यक्ष, नेपालचिकित्सक संघ 
डा. अञ्जनीकुमार झा, पूर्वअध्यक्ष, नेपालचिकित्सक संघ
डा. मुक्तिरामश्रेष्ठ, पूर्व अध्यक्ष, नेपालचिकित्सक संघ 
ई. हरेरामश्रेष्ठ, पूर्व अध्यक्ष ईन्जिनियर एसोसिएसन
मोहन ज्ञवाली, पूर्व अध्यक्ष, नेपालशिक्षक संघ 
राजनकुईंकेल, पूर्व अध्यक्ष, एम्नेष्टी इन्टरनेशनल नेपाल
इन्द्रअर्याल, पूर्व अध्यक्ष, मानवअधिकार संगठन
महामुनिश्वर आचार्य, अध्यक्ष, मानवअधिकार संगठन
ओमप्रकाशअर्याल, अधिवक्ताएवं मानवअधिकारकर्मी 
लिलीथापा, मानवअधिकारकर्मी
बद्रीप्रसादभुषाल, अधिवक्ता
सुमन अधिकारी, मानवअधिकारकर्मी
राजुप्रसादचापागाँई, अधिवक्ताएवं मानवअधिकारकर्मी
रामेश्वर नेपाल, मानवअधिकारवादी
मिलनचन्द्र खनाल, केन्द्रीय सदस्यप्रजातान्त्रिकविचार समाज
अपीलकर्ताकातर्फबाट,
डा. केदारनरसिंह केसी
अध्यक्ष, प्रजातान्त्रिकविचार समाजएवं पूर्व अध्यक्ष, नेपालचिकित्सक संघ 

प्रकाशित : असोज ११, २०७७

प्रतिक्रिया दिनुहोस्