पीसीआर रिपोर्ट आफैं दिन प्रयोगशालालाई सरकारको निर्देशन



काठमाडौं : सरकारले पीसीआर परीक्षण गराउँदै आएका प्रयोगशालालाई कोरोना रिपोर्ट आफैं दिन निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सबै प्रयोगशालालाई कोरोना रिपोर्ट पोजेटिभ वा नेगेटिभ जे आएपनि आफैं दिन निर्देशन दिएको हो ।

यसअघि पोजेटिभ रिपोर्ट आएमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई जानकारी दिनुपथ्र्यो । महाशाखाले स्थानीय तहमार्फत् संक्रमित व्यक्तिलाई सम्पर्क गरेपछि मात्र रिपोर्ट थाहा हुथ्यो भने नेगेटिभ रिपोर्ट ल्याबले आफैं जानकारी गराउँदथे ।

अब भने पोजेटिभ वा नेगेटिभ जे रिपोर्ट आएपनि प्रयोगशालाले आफैं जानकारी गराउनुनपर्ने छ ।

देशभर संक्रमित बढ्दै गएको र संक्रमितले रिपोर्ट थाहा पाएपछि होम आइसोलेशनमा बस्ने हुँदा ल्याबलाई नै रिपोर्टबारे जानकारी दिन भनिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार जानकारी दिए ।

प्रकाशित : असोज ११, २०७७

प्रतिक्रिया दिनुहोस्