प्रदेश २ मा संक्रमितको संख्याभन्दा डिस्चार्ज हुनेको संख्या बढ्दो



जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ९० जना कोरोना संक्रमितहरु थपिएका छन् भने २ सय २३ जना डिस्चार्ज भएका छन् ।

आइतबार संक्रमित हुनेहरुमा ५ महिला र ८५ पुरुष रहेका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या १३ हजार ३ सय ९३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेशका २ सय २३ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा सप्तरीका २३, सिरहाका ८, रौतहटका ८ र पर्साका १ सय ८४ जना छन् । योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ९ सय ३९, सिरहाका ४ सय ७८, धनुषाका १ हजार ६, महोत्तरीका ५ सय १२, सर्लाहीका ७ सय ९७, रौतहटका ९ सय २७, बाराका ९ सय ४४ र पर्साका २ हजार १ सय ४६ गरि ७ हजार ७ सय ४९ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज यस प्रदेशमा सिरहामा ४८, पर्सामा १५, धनुषामा १३, सप्तरीमा ६, बारामा ३, महोत्तरीमा २, सर्लाहीमा १, रौतहटमा १ र जिल्ला खुल्न नसकेका १ जना संक्रमित भएका छन् । प्रदेशमा आइतबारसम्म ११ हजार २ सय ८९ पुरुष र २ हजार १ सय ४ महिला गरि जम्मा १३ हजार ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराज र नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा आइतबार ९० जनाको रिपोर्ट पोजेटिभ आएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए ।

प्रदेशभरीमा आइतबारसम्म सप्तरीमा १७ हजार ६ सय ५०, सिरहामा १० हजार १ सय ४२, धनुषामा १३ हजार ६ सय ६७, महोत्तरीमा ७ हजार ४ सय ३, सर्लाहीमा १३ हजार १ सय ७७, रौतहटमा २२ हजार ६ सय ६३, बारामा ११ हजार ३ सय ४० र पर्सामा २४ हजार ८ सय ९९ गरि जम्मा १ लाख २० हजार ९ सय ४१ जनाको स्वाब परिक्षण गरिएकोमा १३ हजार ३ सय ९३ जना संक्रमित भएका छन् भने १ लाख ४ हजार २ सय ९३ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा ६ सय १२, सिरहामा १ सय २०, धनुषामा ४ सय १, महोत्तरीमा ६ सय ८, सर्लाहीमा १ सय ५०, रौतहटमा ३ सय १२, बारामा ५ सय ३५ र पर्सामा ५ सय १७ गरि कुल ३ हजार २ सय ५५ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा आज मात्रै सप्तरीमा ७८, सिरहामा ७५, धनुषामा ५०, महोत्तरीमा १ सय ४ र रौतहटमा १ सय २२ गरि ४ सय २९ जनाको स्वाब संकलन गरिएको छ ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ९ हजार ४ सय २० बेड क्षमताको १ सय ६९ वटा क्वारेन्टाइनमा अहिले २ सय ३६ जनालाई राखिएको छ भने १ हजार ३ सय ४९ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको ३ हजार १२ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा ८३, सिरहामा ७ सय ४, धनुषामा ११, महोत्तरीमा २, सर्लाहीमा ३४, रौतहटमा २८, बारामा १५ र पर्सामा ६३ गरि ९ सय ४० जनालाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

No description available.

त्यस्तै यस प्रदेशमा सप्तरीमा २ सय २, सिरहामा ६२, धनुषामा ८ सय ४०, महोत्तरीमा ८ सय ९५, सर्लाहीमा ८ सय ७८, रौतहटमा ९ सय ५८, बारामा ३ सय ७२ र पर्सामा ३ सय ७० गरि ४ हजार ५ सय ७७ जना होम आइसोलेसनमा रहेको उनले बताए । प्रदेश २ मा सबैभन्दा बढी पर्सा जिल्लामा २ हजार ५ सय ४५ जना संक्रमित भएका छन् । धनुषामा १ हजार ९ सय १४, सर्लाहीमा १ हजार ९ सय २, रौतहटमा १ हजार ९ सय २, महोत्तरीमा १ हजार ४ सय २२, बारामा १ हजार २ सय ५८, सप्तरीमा १ हजार २ सय २५ र सिरहामा १ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ५ हजार ५ सय १७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट प्रदेश २ मा अहिलेसम्म २० महिला र १ सय ७ पुरुष गरि १ सय २७ जनाको मृत्यु भईसकेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म पर्सामा ४३, बारामा १८, धनुषामा १५, सप्तरीमा १४, महोत्तरीमा १३, सिरहामा १२, रौतहटमा ६, सर्लाहीमा ५ र एकजना भारतीयको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : असोज ११, २०७७

प्रतिक्रिया दिनुहोस्