आज देशभर सामान्यदेखि आंशिक बदली



काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसममा सामान्यदेखि आंशिक बदली रहने जनाएको छ । प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र ५ नम्बर प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा हुने अनुमान महाशाखाले गरेको छ ।

यसबाहेकका अन्य क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

सोमबार राति प्रदेश नम्बर १ र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अहिले बिहानीपख देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । हाल भारतको पूर्वी बिहार आसपास रहेको न्युन चापीय प्रणाली कमजोर हुने क्रममा रहेको महाशाखाले जनाएको छ ।

यसैगरी मंगलबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र ५ नं प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली भइ एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित : असोज १२, २०७७

प्रतिक्रिया दिनुहोस्