नेविसंघका नेता नवराज त्रिपाठीसहित ६ जना पक्राउ



काठमाडौं : नेपाल विद्यार्थी संघका नेता नवराज त्रिपाठीसहित ६ जना नेता कार्यकर्ताहरु पक्राउ परेका छन् । सोमबार बिहान नेपालस्थित चिनियाँ दूतावास अगाडि विरोध प्रदर्शन गर्न पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले चिनियाँ हस्तक्षेप बन्द गर, सीमा मिच्न पाइँदैन भन्दै नेपालस्थित चिनियाँ दूतावासमा प्रदर्शन गरेका छन् । त्रिपाठी चिनौँ सिमाना, जोगाऔँ माटो अभियानका संयोजकसमेत हुन् ।

No description available.

पक्राउ पर्नेहरुमा प्रनिल तामाङ, सुबोध ओली, बोगटी, अर्बत खड्का, दीपेन्द्र खड्का रहेको नेविसंघ नेता तथा चिनौँ सिमाना, जोगाओँ माटोका अभियान्ता मनिष सिम्खडाले जानकारी दिए ।

No description available.

‘कालापानी, सुस्ता लगायतका क्षेत्रमा नेपाली भुमी निरन्तर अतिक्रमणमा परिरहेको र समस्या समाधानमा राज्य उदाशीन रहिरहेको सन्दर्भमा स्कुल क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई नेपाली भुमि र सिमानाका बारेमा सुचित गराउनु नेपाली बिद्यार्थी आन्दोलनको एउटा महत्वपूर्ण जिम्वेवारी हो र हुनुपर्छ भनेर हामीले “चिनौ सिमाना जागाऔ माटो” अभियाकर्ताहरुले भनेका छन् ।

No description available.

उक्त अभियान अन्तर्गत नै देशैभरीका विद्यालयहरुमा लिपुलेक, लिम्पयाधुरा लगायतका मिचिएका भुमि समेत समेटिएको नेपालको नक्सा बनाउन सिकाउने र त्यससँग सम्बन्धित ऐतिहाँसिक तथ्यहरुबारे सुचित गराउने महिनौ लामो अभियान सञ्चालन पनि गरेको थियो ।

No description available.

चौतफी दबाबबीच नयाँ नक्सा प्रकाशन र संबिधान संसोधन मार्फत मार्फत त्यसको अनुमोदन पछि सरकारले समस्या समाधानका लागि आवश्यक थप सार्थक कुटनीतिक पहल नगरेको अभियान कर्ताहरुको आरोप छ । चीनले सीमा मिचेको विषयमा स्थलगत रिपोर्ट नआउँदै सरकारले चीनले भूमि मिचेको छैन भन्नुले प्रश्न उठेको उनीहरुको ठहर छ ।

No description available.

प्रकाशित : असोज १२, २०७७

प्रतिक्रिया दिनुहोस्