सेती प्रादेशिक प्रयोगशालामा थप ३४ जनामा कोरोना पुष्टी



धनगढीः सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ३४ जनामा कोरोना पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा २ सय ३३ जनाको कोरोना परीक्षण भएकोमा थप ३४ जनामा संक्रमण पुष्टी भएको हो ।

संक्रमण पुष्टी हुनेमा कैलालीका २६ जना र कञ्चनपुरका ८ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलीक कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार धनगढी उपमहानगरपालिका-१ मा ५, वडा नं.२ मा १, वडा नं.३ मा २ जना, वडा नं.४ का १, वडा नं.६ मा ९ जनामा कोरोना पुष्टि भएको छ ।

जोशिपुर गाउपालिकाका ६ जना, घोडाघोडी नगरपालिकामा २ जना, कन्चनपुरको भिमदत्त नगरपालिकामा ७ र शुक्लाफाटा नगरपालिकामा १ जनामा कोरोना पुष्टि भएको श्रेष्ठले बताए ।

प्रकाशितः १२ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्