पहिरोमा पुरिएर जेसीबी चालकको मृत्यु



दाङः प्यूठानमा बाटो खन्दै गर्दा खसेको पहिरोमा परेर जेसिबी चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी सुनिल मल्लका अनुसार मदन भण्डारी लोकमार्ग अन्तरगत माण्डवि गाउपालीका १ डाम्रि खोला नजिकै बाटो खनिरहेको बा २ क ६९३९ नम्बरको डोजरलाई पहिरोले पुरेको हो ।

सडक माथिकबाट खस्दै गरेको पहिरो देखेर ज्यान बचाउन जेसिबीबाट हाम फालेका अर्घाखाँची सितगंगा नगरपालिका ८ लापेका ४० वर्षिय नरसिंह बुढा मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशितः १२ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्