एमआईको स्मार्ट टिभी आजदेखि नेपाली बजारमा



जनकपुरधामः जनकपुरधामसहित नेपालमा आज (सोमबार) देखि एकैसाथ एमआईको स्मार्ट टिभी बजारमा लञ्च गरिएको छ ।

जनकपुरधामको भानुचोकस्थित देवी इन्टरप्राइजेजले समेत आजदेखि बजारमा ४३ र ५५ इन्चको एमआईका स्मार्ट टिभीको विक्रि वितरण सुरु गरेको विक्रेता देवी इन्टरप्राइजेजका सञ्चालक रक्की साहले बताए । साहले केक काटेर लञ्चिङ्ग समारोहको उदघाटन गरेका हुन् ।

एमआईको स्मार्ट टिभीको आधिकारिक विक्रेताको जिम्मेवारी पाएको यस इन्टरप्राइजेजले ग्राहकको अर्डर अनुसार बिभिन्न मोडलको स्मार्ट टिभी उपलब्ध गराउने सञ्चालक साहले जानकारी दिए । उनले एमआईको स्मार्ट टिभीहरु अन्य ब्राण्डहरुको तुलनामा सस्तो र टिकाउ हुनुका साथै यसमा एण्ड्रवाइड–९ प्रविधि जडान रहेको समेत बताए । साथै उनले २२,३२ र ६५ इन्चको टेलिभिजनहरु पनि चाँडै बजारमा आउने जानकारी दिए ।

उदघाटन समारोहमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष दिपेन्द्र साह, जसपाका युवा नेता कृष्णा सिंह, युवाहरु आकास पाण्डे, अनुष पाण्डे, सते यादवलगायतकाहरुको उपस्थिती रहेको थियो ।

प्रकाशितः १२ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्