बाँकेमा कोरोनाबाट थप एक महिलाको मृत्यु



नेपालगन्जः जाजरकोट जिल्लाको जुनीचाँदी गाउँपालिका वडा नं. ५ गर्खाकोटकी ७६ वर्षीया महिलाको अस्पताल नपुग्दै मृत्यु बाटोमै मृत्यु भएको छ ।

होम आइसोलेसनबाट नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्नाका लागि लैजाने क्रममा ती महिलाको बाटोमै मृत्यु भएको जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनलाई असोज ६ गते कोरोना संक्रमन पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बस्दै आएकी थिइन् । पित्त थैलीको बिरामीसमेत रहेकी उनलाई होम–आइसोलेसनबाट अस्पताल लैजाने क्रममा सोमबार दिउँसो सवाँ २ बजे अस्पताल नजिकै मृत्यु भएको जिल्ला फोकल पर्सन श्रेष्ठले बताए ।

योसँगै बाँकेमा कोरोना संक्रमित १४ जनाको मृत्यु भएको छ । त्यसमध्ये बाँकेका ७ जना र बाहिरी जिल्लाबाट उपचारका लागि ल्याइएका थप ७ जना रहेको श्रेष्ठले बताए ।

प्रकाशितः १२ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्