हङकङको प्रहरी कार्यालयमा बम हान्नेलाई ४ वर्ष जेल सजाय



हङकङ : यस वर्षको सुरुवातमा हङकङको प्रहरी कार्यालयमा पेट्रोल बम हान्ने एक किशोरलाई ४ वर्षको जेल सजाय सुनाइएको छ ।

१८ वर्षका केल्भिन चान चुन-फाइलाई सोमबार जेल सजाय सुनाइएको हो । उनले क्वाई चुङ प्रहरी कार्यालयमा दुई वटा पेट्रोल बम प्रहार गर्नुका साथै औद्योगिक क्षेत्रमा ११ फायर बम राखेका थिए ।

एससीएमपीका अनुसार किशोरमा सानैदेखि मानसिक अवस्था डिफिसिट हाइपरएक्टीभिटी डिसअर्डर छ । यद्यपी उक्त घटना र मानसिक अवस्थाबीच केही सम्बन्ध नरहेकाले अदालतले उनलाई जेल सजाय दिएको जनाएको छ ।

हङकङमा चीनले सुरक्षा काननु लागू गरिसकेपछि पछिल्लो समय त्यहाँका प्रहरीले सरकारविरुद्ध हिसं्रक प्रदर्शनमा उत्रिएका व्यक्तिहरुलाई पक्राउ गरिरहेको छ ।

प्रकाशितः १२ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्