कोरोनाले पर्साका अहेवको काठमाडौंमा मृत्यु



काठमाडौंः कोरोना संक्रमणका कारण नेपालमा थप एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

पर्सामा सिनियर हेल्थ असिस्टेन्ट पदमा कार्यरत एक स्वास्थ्यकर्मीको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको छ । महोत्तरी घर भई हाल पर्साको जगरनाथपुर गाउँपालिकामा स्वास्थ्यकर्मीको रुपमा कार्यरत उनको सोमबार बिहान मृत्यु भएको हो ।

उनी एक साताअघि रुघाखोकी र ज्वरो आएपछि बिदा लिएर महोत्तरी गएका थिए । कोरोना लक्षण देखिएपछि जनकपुर प्रादेशिक प्रयोगशालामा परीक्षण गराउँदा उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । थप उपचारको लागि काठमााडौं ल्याएकोमा उनको सोमबार मृत्यु भएको जनाइएको छ ।

प्रकाशितः १२ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्