बाँकेमा लागूऔषध नियन्त्रण महाअभियान शुरु



नेपालगन्ज : बाँकेमा लागूऔषध दुब्र्यसन नियन्त्रण महाअभियान शुरु गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ बाट उक्त अभियान आज शुरु गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजना, नेपालगञ्ज उमपहानगरपालिकाका विभिन्न वडाको सहकार्य र वडा प्रहरी कार्यालयको समन्वयमा महाअभियान शुरु गरिएको बाँके प्रहरीले जनाएको छ ।

बाँके प्रहरीले भन्यो,“जिल्लामा लागुपदार्थ नियन्त्रण दिन प्रतिदिन चुनौतिपूर्ण बन्दै गएको र यसको कुलतमा बालबालिका फस्दै गएको अवस्थालाई दुष्टिगत गरी नियन्त्रणको महाअभियान सञ्चालन गरिएको हो ।”

दुव्र्यसनबाट बालबालिकालाई जोगाउन अभिभावकहरुलाई निगरानीकर्ताको जिम्मेवारीसमेत दिएको बताउँदै उनले यो महाअभियानमा सबै पक्षसँग साझेदारी र समन्वय गरिएको छ उनले भने ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, बाँकेका ८० प्रतिशत लागुऔषध कारोबारी र दुव्र्यसनीका कारण चोरीडाँका, लुटपाट, झै-झगडाका अधिकांश घटना हुने गरेको छ । रासस

प्रकाशितः १२ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्