आफ्नै खाटमुनि महिलाको शव फेला



झापाः झापाको गौरादह नगरपालिका १ मा आफ्नै खाटमुनी हात बाँधिएको अवस्थामा एक वृद्धाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार गौरादह नगरपालिका १ की ६५ वर्षीया मनमाया भण्डारीको आफ्नै घरमा खाटमुनी शव फेला परेको हो ।

कोइरालाले भने,‘महिलाको हत्या भएको जस्तो देखिन्छ, टाउकोमा चोट पनि लागेको छ, हामी पनि कोठाभित्र छिरेका छैनौं, कुकुर पर्खिरहेका छौं ।’ घटना भएको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेको प्रहरीको भनाइ छ ।

प्रकाशितः १२ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्