झापामा सुनचाँदी व्यवसायीको कोरोना संक्रमणबाट मृत्यु



झापा : झापाको गौरादह नगरपालिका-१ का ५१ वर्षीय कोरोना संक्रमित एक पुरुषको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि असोज ३ गते अस्पतालको सघन उपचार कक्षमा भर्ना भएर उपचार गराइरहेको उनको सोमबार दिउँसो मृत्यु भएको हो ।

मृतक सुनचाँदी व्यवसायी हुन् । उनमा असोज ६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । अस्पतालका जनसम्पर्क अधिकारी नारायण दाहालका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो ।

मधुमेह, उच्च रक्तचाप र कलेजोसम्बन्धी समस्या देखिएको उनको उपचारकै क्रममा सोमबार मृत्यु भएको हो । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

प्रकाशितः १२ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्