नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु



बाँके : बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले एकजना संक्रमितको उपचारका क्रममा सोमबार राति र एक जनाको मंगलबार बिहान ४ बजे मृत्यु भएको पुष्टिका हुन् ।

कोहलपुर नगरपालिका– १० का ५३ वर्षीय पुरुष र नेपालगञ्जका ४१ वर्षीय पुरुषको मृत्यु भएको हो । नेपालगञ्जका मृतक नेपालगञ्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी हुन् ।

दुवैजनालाई प्लाज्मा थेरापी र रेम्डिसिभिरबाट उपचार भइरहेको थियो । दुवैजना भेन्टिलेटरमा थिए । नेपालगञ्जका मृतकको घर दाङको घोराही हो । उनी लामो समयदेखि नेपालगञ्जमा बस्दै आएका थिए ।

प्रकाशित : असोज १३, २०७७

प्रतिक्रिया दिनुहोस्