अब विमानमा तटस्थ भाषाकाे प्रयोग हुने



काठमाडौं : जापानको विमान सेवा प्रदायक जापान एअरलाइन्स (जेएएल) ले आउँदो महिना (अक्टोबर) देखि यात्रुको सम्बोधनका लागि लैंगिक रुपमा तटस्थ भाषा प्रयोग गर्ने भएको छ ।

अक्टोबर १ देखि लैंगिक रुपमा तटस्थ भाषा प्रयोग गर्ने जेएएलजे जनाएको छ । अक्टोर १ देखि जेएएलले ‘लेडिज एण्ड जेन्टलम्यान’ को सट्टा ‘अटेन्सन अल प्यासेन्जर्स’ वा ‘एभर्रीवान’ सहितका शब्द प्रयोग गर्ने छ ।

जेएएल लैंगिक रुपमा तटस्थ भाषामा सम्बोधन गर्ने नियम लागु गर्ने विश्वका सीमित वायुसेवा प्रदायक मध्ये एक बनेको समाचार संस्था एएफपीले जनाएको छ ।

तर लैंगिक तटस्थ भाषा अंग्रेजीमा मात्रै लागु हुनेछ । जापानी भाषाको सम्बोधन यसअघि नै लैंगिक रुपमा तटस्थ रहेको छ । नेपालमा पनि प्रायः सबै वायु सेवा प्रदायकले अंग्रेजीमा यात्रुलाई सम्बोधन गर्दा ‘लेडिज एण्ड जेन्टलम्यान’ भन्ने गरेका छन् । नेपालीमा त्यसको शाब्दिक रुपमान्तरण ‘महिला तथा सज्जनवृन्द’ भनि सम्बोधन गरिन्छ ।

प्रकाशितः १३ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्