काठमाडौं : संसदको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्त हित समितिले स्वदेश फर्कन चाहने सबै नेपालीलाई सुरक्षित तवरबाट नेपाल ल्याउन र त्यसका लागि नियमित उडान संख्या थप्न सरकारलाई निर्देशन दिएको छ ।
समितिले गैरकानुनी बाटोबाट विदेश गएर अलपत्र परेका नेपाली श्रमिकलाई तत्काल उद्धार गर्न पनि निर्देश गरेको हो ।
आज (मंगलबार) बसेको बैठकले दिएको निर्देशनमा भनिएको छ,‘गैर कानुनी बाटोबाट विदेशमा गएर अलपत्र परेका नेपाली श्रमिकलाई तत्काल उद्धार गर्ने र त्यस्ता श्रमिकहरुलाई घर फर्काउनु अघि निजहरुलाई त्यहाँ पठाउने व्यक्ति, संस्थाको बारेमा सम्बन्धित राजदुतावासले विस्तृत विवरण लिएर सोको आधारमा त्यस्ता व्यक्ति वा संस्थालाई परराष्ट्र, गृह र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मानव ओसारपसारसम्बन्धी प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने ।’
प्रकाशितः १३ असोज, २०७७