मोरङका कोरोना संक्रमितको बीपी प्रतिष्ठानमा मृत्यु



सुनसरी : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित पुरुषको आज (मंगलबार) बिहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको सुनवर्षी नगरपालिका-७ का ६८ वर्षीय पुरुष रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मृतक पुरुष विराटनगरको नोबेल मेडिकल कलेजमा रिफर गरिएपछि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

मृतक पुरुषको स्वाब संकलन गरेर नोबेल कलेजमै पीसीआर जाँच गर्दा असोज ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिन भएपछि कोभिड अस्पतालको भेण्टिलेटरसहितको आईसियूमा राखेर उपचार गर्दागर्दै संक्रमित पुरुषको मुत्य भएको थियो । योसँगै बीपिमा मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

प्रकाशितः १३ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्