नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देल कोरोना संक्रमित



हेटौँडा : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरकी अध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य मुनु सिग्देललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष सिग्देलले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएकी थिइन् ।

असोज ५ गते हेटौंडाबाट काठमाडौं जाने क्रममा सामान्य रुघाखोकीको लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा आफ्नो रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिइन् ।

संक्रमण पुष्टि भएसँगै आफू होम आइसोलेसनमा बसेको र स्वास्थ अवस्था सामान्य रहेको उनले जानकारी दिइन् ।

प्रकाशित : असोज १३, २०७७

प्रतिक्रिया दिनुहोस्