ज्यान लिने विषाक्त मिसाइएका स्यानिटाइजर बजारमा



काठमाडौं : बजारमा स्वस्थ मान्छेको ज्यान लिने विषाक्त रसायन मिसाइएका स्यानिटाइजर फेला पर्ने क्रम रोकिएको छैन ।

तीन साता अवधिमा औषधि व्यवस्था विभागले बजारमा १८ कम्पनीका स्यानिटाइजर विषाक्त रहेको भेटाएको हो । जारमा भेटिएका विषाक्त स्यानिटाइजरमा मिथानोल मिसावट पाइएको छ ।

बजारबाट संकलन गरेको नमूनाबाट राष्ट्रिय औषधि प्रयोगशालामा गरेको परीक्षणमा यस्तो पाइएको हो । यद्यपी ती कम्पनीका स्यानटाइजरको उत्पादन, प्रयोग र बिक्रीमा रोक लगाइएको छ ।

विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार बजारमा हुन सक्ने यस्ता अन्य उत्पादनको खोजी ब्यापक बनाएको छ ।

महामारीको मौका छोपी ज्यानै लिनेसम्मको हानिकारक रसायन मिसाइएको र कतिपयमा गुणस्तर मापदण्ड पुरा नभएको पाइएपछि प्रयोगमा रोक लगाइएको उनको भनाइ छ ।

विषाक्त स्यानिटाइजरले मानिसलाई कोमामा पु¥याउनेदेखि ज्यानैसम्म पनि लिनसक्ने जोखिम देखियो उनले बताए ।

प्रकाशित : असोज १३, २०७७

प्रतिक्रिया दिनुहोस्