उपत्यकामा ९४३ सहित देशभर १५१३ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४३ सहित देशभर १५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ८९२ नमुना परीक्षण गर्दा १५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै ७४७ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

यसै गरी कोरोनाबाट निको हुनेको संख्या ५५ हजार नाघेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मंगलबार ७ सय ३१ जना संक्रमित निको भएर घर फर्किएसँगै निको हुनेहरुको संख्या ५५ हजार ३ सय ७१ पुगेको हो । यो कूल संक्रमितको ७२.६ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ ।

मन्त्रालयका अनुसार मंगलबारसम्म पीसीआर विधिबाट हालसम्म परीक्षणहरु १० लाख ९ हजार २ सय ९८ गरिएका छन् ।

मुलुकभर सक्रिय कोरोना संक्रमिको संख्या २० हजार ३ सय ९६ जना रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ७६ हजार २ सय ५८ पुगेको छ ।

प्रकाशित : असोज १३, २०७७

प्रतिक्रिया दिनुहोस्