अभिनेता सोनु सुदलाई विशेष अवार्ड



काठमाडौं : बलिउड अभिनेता सोनु सुदलाई यूनाइटेड नेशन डेभलपमेन्ट प्रोग्राम (यूएनडिपी) ले विशेष अवार्ड प्रदान गरेको छ ।

सोनुले लकडाउनका समयमा पुर्याएको योगदानहरूको सम्मान स्वरुप ‘स्पेसियल ह्युम्यानिटेरियन एक्सन अवार्ड’ दिएको हो । कोरोना भाइरस महामारीको समयमा कलाकार सोनु सुद ‘रील लाइफ हिरो’ बनेका हुन् ।

राहत वितरणदेखि लकडाउन प्रभावितको उद्धारमा खटेका उनी निम्न आय भएका जेहेनदार विद्यार्थीका लागि छात्रवृत्ति योजनासमेत घोषणा गरेका थिए । उनले पुर्याएको आर्थिक एवं भावनात्मक सहयोगको सम्मान स्वरुप सोमवार आयोजित भर्चुल समारोहमा अवार्ड दिएको हो ।

शुभचिन्तकले उनको मुहार ट्याटुमा खोपेका थिए । उनकै प्रेरणामा आन्ध्र प्रदेश राज्यको विजियनगरम जिल्लाका युवाहरूले गाउँमा सडक निर्माण गरेका थिए । अवार्डबारे सुदले भनेका छन्,‘संयुक्त राष्ट्र संघबाट सम्मानित हुनु मेरो लागि विशेष कुरा हो । मैले थोरै गरेको छु । जित गरेको छु आफ्नो बुतामा इमानदार भएर गरेको छु ।’

प्रकाशितः १३ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्