तातोपानी नाका असोज १९ गतेदेखि सञ्चालनमा आउने



काठमाडौं : बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालनमा आउने भएको छ । नाका यही असोज १९ गतेदेखि सञ्चालनमा आउने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीले जनाएका छन् ।

प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालका अनुसार साउन १९ गतेदेखि चीनबाट सामान नेपाल आइपुग्ने छ ।

मंगलबार प्रमुख जिल्ला अधिकारी ढकाल नेतृत्वको नेपाली टोली र तिब्बतको फरेन अफिसका डेपुटी डाइरेक्टर लि उलिन नेतृत्वको टोलीबीच नाका खोल्ने विषयमा सहमति भएको हो ।

प्रकाशित : असोज १३, २०७७

प्रतिक्रिया दिनुहोस्