वार्ता जारी रहेको बेला भिडन्त र बम बिस्फोट, १५ नागरिकको मृत्यु



काबुल : मध्य अफगानिस्तानको डेकुन्डी प्रान्तमा भएको बम बिस्फोटमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

अफगान गृह मन्त्रालयले दिएको जानकारी अनुसार डकुन्डीको कर्जान जिल्लामा तालिवान लडाकू समूहले बिछ्याएको भूमिगत बारुदी सुरुङ बिस्फोटबाट ठूलो क्षति पुगेको हो ।

बिस्फोटमा परी अधिकांश महिला र बालबालिका मारिएको जनाइएको छ । तालिवान समूहले भने उक्त घटनाका बारेमा केही बोलेको छैन ।

अफगान सरकार र तालिवानबीच कतारको राजधानी दोहामा वार्ता जारी रहेको बेला सशस्त्र भिडन्त र बम बिस्फोटनका घटना रोकिएको छैन । अन्तर-अफगान वार्ता गत सेप्टेम्बर १२ देखि जारी छ । दुबै पक्षले अफगानिस्तानमा जारी लामो सशस्त्र द्वन्द्व अन्त्य गर्ने उद्देश्यले दिर्घकालिन युद्धबिराम गर्न प्रयासरत रहेको बताइएको छ ।

प्रकाशितः १३ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्