कैलालीका २० सहित सेतीको प्रयोगशालामा २८ जनामा कोरोना संक्रमण पुष्टि



धनगढी : सेती प्रादेशीक अस्पतालमा भएको परिक्षणमा आज (मंगलबार) थप २८ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २६१ जनाको कोरोना परिक्षण गर्दा थप २८ जनामा संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ । संक्रमण पुष्टी हुनेमा कैलालीका २० जना, कञ्चनपुरका ५, डोटीका एक जना र ठेगाना नखुलेका दुई जनामा संक्रमण पुष्टी भएको सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

अस्पतालका सूचना अधिकारी श्रेष्ठले दिएको जानकारी अनुसार कैलालीको धनगढी उपमहानगरपालिका-२ मा १, वडा नम्बर ३ मा ८ जना, वडा नम्बर ५ का २, वडा नम्बर ८ मा १ जना र धनगढी कैलाली एक जनामा, छन् ।

कैलालीको लम्कीचुहाका तीन जना जना, जानकी र मोहन्यालका एकरएक जना, गोदावरीका दुईजनामा कोरोना पुष्टि भएको छ । कञ्चनपुरका पुर्नवासका २ जना,बेलौरी, कृष्णपुर, शुक्लाफटाकाका एकरएक जनामा संक्रमण पुष्टी भएको छ । डोटीको केआइसींहका एक जना र ठेगाना नखुलेका दुई जनामा संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।

प्रकाशितः १३ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्