प्रदेश २ मा आज ४९ जना नयाँ संक्रमित थपिए, १२०९ जना डिस्चार्ज



जनकपुरधामः प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४९ जना कोरोना संक्रमितहरु थपिएका छन् भने १ हजार २ सय ९ जना डिस्चार्ज भएका छन् ।

मंगलबार संक्रमित हुनेहरुमा ६ महिला र ४३ पुरुष रहेका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या १३ हजार ४ सय ७८ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेशका १ हजार २ सय ९ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेहरुमा सप्तरीका ४३, धनुषाका १ सय ७५, महोत्तरीका २ सय २६, सर्लाहीका २ सय ५८, रौतहटका ३ सय १० र पर्साका १ सय ९७ जना छन् । योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका १ हजार ४, सिरहाका ४ सय ९८, धनुषाका १ हजार ३ सय ३३, महोत्तरीका ९ सय १३, सर्लाहीका १ हजार १ सय ७५, रौतहटका १ हजार ४ सय ३८, बाराका १ हजार १ सय ४९ र पर्साका २ हजार ४ सय ३५ गरि ९ हजार ९ सय ४५ जना संक्रमितहरु डिस्चार्ज भई आ-आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज यस प्रदेशमा पर्सामा २४, सप्तरीमा ६, सिरहामा ५, धनुषामा ३, सर्लाहीमा ३, महोत्तरीमा ३, बारामा १, रौतहटमा १ र अन्य जिल्लाका ३ जना संक्रमित भएका छन् । प्रदेशमा मंगलबारसम्म ११ हजार ३ सय ५८ पुरुष र २ हजार १ सय २० महिला गरि जम्मा १३ हजार ४ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ, गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराज र नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा मंगलबार ४९ जनाको रिपोर्ट पोजेटिभ आएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए ।

प्रदेशभरीमा मंगलबारसम्म सप्तरीमा १७ हजार ७ सय २६, सिरहामा १० हजार ३ सय, धनुषामा १३ हजार ९ सय २५, महोत्तरीमा ७ हजार ४ सय ३४, सर्लाहीमा १३ हजार ४ सय ७०, रौतहटमा २२ हजार ६ सय ८८, बारामा ११ हजार ३ सय ८४ र पर्सामा २५ हजार २ सय ६६ गरि जम्मा १ लाख २२ हजार १ सय ९३ जनाको स्वाब परिक्षण गरिएकोमा १३ हजार ४ सय ७८ जना संक्रमित भएका छन् भने १ लाख ६ हजार ४१ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा ३ सय ४१, सिरहामा ८१, धनुषामा ५ सय ३०, महोत्तरीमा ४ सय, सर्लाहीमा १ सय २५, रौतहटमा १ सय १८, बारामा ५ सय ७९ र पर्सामा ५ सय गरि कुल २ हजार ६ सय ७४ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा आज मात्रै सप्तरीमा ५०, सिरहामा ६६, धनुषामा १ सय २७, महोत्तरीमा १८, रौतहटमा २५ र पर्सामा २ सय ७९ गरि ५ सय ६५ जनाको स्वाब संकलन गरिएको छ ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ९ हजार ४ सय २० बेड क्षमताको १ सय ६९ वटा क्वारेन्टाइनमा अहिले १ सय ५७ जनालाई राखिएको छ भने १ हजार २ सय ४८ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको ३ हजार १२ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा ६५, सिरहामा ७ सय १, धनुषामा ७, महोत्तरीमा १, सर्लाहीमा २६, रौतहटमा २०, बारामा १६ र पर्सामा ५३ गरि ८ सय ८९ जनालाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

त्यस्तै यस प्रदेशमा सप्तरीमा १ सय ४५, सिरहामा २१, धनुषामा ५ सय ६७, महोत्तरीमा ४ सय ९७, सर्लाहीमा ६ सय ९९, रौतहटमा ४ सय ४२, बारामा ९२ र पर्सामा ५० गरि २ हजार ५ सय १३ जना होम आइसोलेसनमा रहेको उनले बताए । प्रदेश २ मा सबैभन्दा बढी पर्सा जिल्लामा २ हजार ५ सय ७८ जना संक्रमित भएका छन् । धनुषामा १ हजार ९ सय २३, सर्लाहीमा १ हजार ९ सय ६, रौतहटमा १ हजार ९ सय ६, महोत्तरीमा १ हजार ४ सय २६, बारामा १ हजार २ सय ७५, सप्तरीमा १ हजार २ सय ३२ र सिरहामा १ हजार २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ३ हजार ४ सय २ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट प्रदेश २ मा आज (मंगलबार) दुई जनाको मृत्यु भएको छ । आज मृत्यु हुनेमा महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर–३ का ७५ वर्षीया एक महिला र महोत्तरीकै मनरा सिस्वा नगरपालिका वडा नम्बर–७ सरपल्लो घर भई हाल पर्साको जगरनाथपुर गाउँपालिकामा स्वास्थ्यकर्मीको रुपमा कार्यरत रहेको ५८ वर्षीय एक पुरुष रहेका छन् ।

कोरोना संक्रमणबाट अहिलेसम्म यस प्रदेशमा २२ महिला र १ सय ९ पुरुष गरि १ सय ३१ जनाको मृत्यु भईसकेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म पर्सामा ४३, बारामा १८, धनुषामा १६, महोत्तरीमा १५, सप्तरीमा १४, सिरहामा १२, रौतहटमा ६, सर्लाहीमा ६ र एकजना भारतीयको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रकाशितः १३ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्