न्यूयोर्कमा राष्ट्रिकवि घिमिरेको सम्झनामा रचना वाचन



न्यूयोर्क : राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्मृतिमा अमेरिकाको न्यूयोर्कमा आयोजित बृहत कविता संगोष्ठीमा २ दर्जनभन्दा बढी कविले रचना पाठ गरेका छन् ।

न्यूयोर्क, न्यूजर्सी, बोस्टन आसपासका कवि-कवयीत्रिले हालै दिवंगत कवि घिमिरेको भाषिक र साहित्यिक योगदानमाथि चर्चा गर्दै नेपालको भाषा-साहित्यमा यो युगलाई ‘माधव घिमिरे युग’ भन्नु उपयुक्त हुने सुझाएका थिए ।

आदिकवि भानुभक्त आचार्यपछि जनजनमा भिजेका र लेखिएका गीत-कविताकै भरमा कालजी बनेका कविवर घिमिरे जीवित छँदै एउटा किंवदन्ती झैं बनेको स्रष्टाहरुले बताएका छन् । तारा किशन फाउण्डेशनले आयोजना गरेको समारोहमा कवि किसनसिंह धामीले कोरोना कहर माझ पनि कवि–लेखकहरु सुस्ताएका छैनन् भन्ने जनाउन र सृजनशिलताको सकारात्मक पक्ष सार्वजनिक गर्न कविता वाचन कार्यक्रम आयोजना गरिएको बताएका थिए ।

समारोहमा संचारकर्मी शैलेश श्रेष्ठ, सामाजिक अभियन्ता राजेश भट्ट, नवराज केसी, विराज रिजालले कविवर माधव घिमिरेकै कारण संसारभर बस्ने नेपालीले नेपाली भाषा-साहित्यको आफ्नोपना बोध गर्न पाएको बताए ।

समारोहमा कविहरु गोवर्धन पूजा, गीता खत्री, आनन्द श्रेष्ठ, महेश्वर पन्त, किसनसिंह धामी, गीता पन्थ, दीपा राई पुन, नदिया लिबाङ, जसकुमार राई, विकास विष्ट, मणि बाग्देल, जानुका बस्ती ढकाल, संगिता उप्रेती रिजाल, विजया सिम्खडा, ज्योतिकुमार श्रेष्ठ, कुमार न्यौपाने, शान्ता घिमिरे, नवराज खडका, हंसराज जोशी, विष्णुहरी भण्डारी, अर्जुन मैनाली, आरती धामीलगायतले रचना वाचन गरेका थिए ।

प्रकाशितः १३ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

धरान : सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको

मुस्ताङ : हिमालपारीको जिल्ला मुस्ताङमा अत्यावश्यक कामबाहेक अन्य जिल्लाबाट गर्ने प्रवेशलाई रोक्ने निर्णय गरेको छ

काठमाडौं : यस वर्षको बडा दशैं आज (शनिबार) देखि औचारिक रुपमा समापन भएको छ ।दशमीको

धनगढी– कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएको स्थान धनगढी नगरपालिका वडा नम्बर १ स्थित कब्रस्तान

काठमाडौं : काठमाडौंस्थित धापासीमा अज्ञात समूहले छुरा प्रहार गर्दा २४ वर्षीय युवकको मृत्यु भएको छ

काठमाडौं– यसवर्षको तिहार अधिकमासका कारण झण्डै एक महिना पछाडि धकेलिएको छ । तिहारमा सयपत्री तथा

चितवन : चितवन मेडिकल कलेजमा उपचाररत दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

काठमाडौं : कोरोना संक्रमणका कारण काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईँको मृत्यु भएको छ।काभ्रे पोस्टका प्रधान सम्पादक

काठमाडौं : काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । सिडिओ

पर्सा– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्साले गरेको भ्रष्टाचार र अनियमिताको विरुद्धमा स्थानिय युवा द्धारा सार्वजनिक

काठमाडौं– गत शनिबार तोडफोड गरिएको मस्जिद पूर्ननिर्माणमा वाडध्यक्षले अवरोध गरेको भन्दै मुस्लिम समुदाय आक्रोशित भएका

काठमाडौं– दशैंपछाडी फर्कनेहरुबाट काठमाडौं उपत्यकामा कोभिड संक्रमण झनै बढ्ने आकलन भइराखेको छ । यसलाई ध्यान