सम्झनाको हत्या आरोपी सार्वजनिक



बझाङः बझाङ प्रहरीले सम्झना कामीको हत्या आरोपीलाई सार्वजनिक गरेको छ ।

सम्झनाको हत्या आरोपमा पक्राउ परेका २० वर्षीय राजेन्द्र बोहरालाई प्रहरीले आज (मंगलबार) सार्वजनिक गरेको हो ।

असोज ८ गते जिल्लाको मष्टा गाउँपालिका २ खिकालाकी १२ वर्षीया सम्झना कामीको हत्या भएको थियो । गोठमा गाइवस्तुलाई घाँस हाल्न हिँडेकी सम्झनाको शव स्थानीय शिव मन्दिरभित्र अर्धनग्न अवस्थामा फेला परेको थियो ।

साथै राजेन्द्रविरुद्ध अर्की एक बालिकामाथि जबरजस्ती करणीको जाहेरी परेको थियो । सोही ठाउँकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणीको जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रकाशितः १३ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्