बीपी प्रतिष्ठानमा सप्तरीका कोरोना संक्रमित पुरुष मृत्यु



सप्तरी : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।

राजविराज नगरपालिका–४ का ३९ वर्षीय युवकको उपचारको क्रममा बुधबार बिहान ३ः१० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

कोरोना संक्रमणको शंका लागेपछि ती युवकलाई विराटनगरको गोल्डेन अस्पतालबाट प्रतिष्ठानमा रिफर गरिएको थियो । उनमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या थियो । असोज ९ गते प्रतिष्ठानमा परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरेर भेन्टिलेटरमा राखिएको थियो ।

प्रतिष्ठानका प्रवक्ता डा. सापकोटाले दिएको जानकारी अनुसार ती युवकमा उच्च रक्तचाप र १० वर्षदेखि मधुमेहको समस्या थियो । उनी मृगौला रोगबाट पनि पीडित भएको र डाइलायसिस पनि गराउने गरेको डा. सापकोटाले जानकारी दिए ।

प्रकाशित : असोज १४, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– राष्ट्रपतिको कार्यालय शीतलनिवासको आधिकारिक ट्विटर ह्यान्डल बन्द गरिएको छ। राष्ट्रपतिको कार्यालयका सूचना र जानकारी

जनकपुरधाम– सर्लाहीमा एकजना वडाध्यक्षले मेला हेर्न गएका एक दलित युवकलाई चोरीको आशंकामा मरनासन्न हुनेगरि कुटपिट

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को यही कातिक १५ देखि १७ गतेका लागि

काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको तालिका सार्वजनिक गरिएको छ ।

झापा– वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनले मङ्गलवार

बिहार– बिहार विधानसभाका लागि पहिलो चरणको लागि मतदान भइरहेको छ । बिहान ९ बजेसम्म ७.१७

काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । बुधबार मौसम बुलेटिन जारी

काठमाडौं– नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर

चितवन– कोरोना भाइरसको संक्रमणबाट चितवनको भरतपुरमा उपचाररत एक जना संक्रमितको मृत्यु भएको छ। पूर्वि नवलपरासीको

पर्सा– नेकपा पर्साका जिल्ला सदस्य मुकेश चौरसियाको मृत्यु प्रकरणबारे पर्सा प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै

काठमाडौं– भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ मा नेपाल आउने भएका छन्

महोत्तरी– पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीमा रहेका अधिकांश पक्की पुल जीर्ण बन्दै गएका छन् । जिल्लामा पर्ने