मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा पौडेल नियुक्त



सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राध्यापक डा. नारायणप्रसाद पौडेल नियुक्त भएका छन् ।

असोज १२ गते उपकुुलपति प्रा.डा. नन्दबहादुर सिंहको सिफारिसमा प्रधानमन्त्री एवं मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले पौडेललाई रजिष्ट्रारमा नियुक्त गरेको हो ।

उपकुलपतिका स्वकिय सचिव डिल्लीबहादुर सिंहका अनुसार विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार छनोट गरी नियुक्ति दिन गत असार २२ गते दरखास्त आह्वान गरेको थियो । जसमा १९ जनाको आवेदन परेको थियो ।

काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्माको नेतृत्वमा तीन सदस्यीय छनोट समितिले आवेदकहरुमध्येबाट डा. पौडेललाई छनोट गरेको सिंहले बताए ।

नवनियुक्त रजिष्ट्रार डा. पौडेलको कार्यकाल चार वर्षे रहने छ । डा. पौडेलले काठमाडौं विश्वविद्यालयमा १० वर्ष र वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा ६ वर्ष प्राध्यापन गरेका छन् । पौडेल मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा व्यवस्थापन संकायको प्राध्यापकको रुपमा कार्यरतसमेत थिए ।

प्रकाशित : असोज १४, २०७७

प्रतिक्रिया दिनुहोस्