बाघको आक्रमणबाट चन्द्रनिगाहपुरमा एकको मृत्यु, दुई घाइते



रौतहट : रौतहटमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । चन्द्रपुर नगरपालिका–६ चिम्नीटोलका १ युवककोे मृत्यु भएको हो । मंगलवार रंगपुर साझेदारी बन उपभोक्ता समुहको जंगल क्षेत्रभित्र घास लिन गएका २८ वर्षीय संगम भण्डारीलाई बाघले आक्रमण गर्दा मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

घास लिन बिहानै हिँडेका भण्डारी रातसम्म पनि घर नफर्किएपछि खोज्न गएका १०–१२ जनामध्ये २ जनालाई समेत बाघले आक्रमण गरी घाइते बनाएको थियो । बाघको आक्रमणबाट घाइते हुनेमा चन्द्रपुर ६ का २८ वर्षीय अशोक थापा र ३५ वर्षीय श्रेष्ठ रहेका छन् ।

उनिहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले जंगलबाट शव फेलापार्दा मृत्यु भएको भण्डारीको कम्मरदेखि तल्लो भाग बाघले खाएको जनाइएको छ । बाँकी रहेको शरिरको भाग पोस्टमाटमको लागि चन्द्रनिगाहपुर अस्पतालमा बुझाइएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डियसपी हेम बहादुर शाहीले जानकारी दिएका छन् ।

प्रकाशित : असोज १४, २०७७

प्रतिक्रिया दिनुहोस्