खुलामञ्चमा खाना बाँड्न पुगे पूर्वप्रधानमन्त्री भट्टराई



काठमाडौं : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई बुधबार खुलामञ्चमा खाना बाँड्न पुगेका छन् ।

कोरोना महामारीका कारण रोजगारी र काम गुमाएकाहरुलाई काठमाडौंको खुलामञ्चमा विभिन्न सामाजिक संघसंस्थाले खाना खुवाइरहेका छन् । बुधबार भट्टराई खुलामञ्चमा खाना बाँड्न पुगेका थिए । विहान ९ः३० बजे आएका उनले करिब २० मिनेट खाना बाँड्ने काम गरे । खाना बाँड्ने क्रममा भट्टराईले खाना खाने लाइनमा बसेकाहरुसँग कुराकानी गरे भने उनीहरुले आफ्नो बाध्यता पनि सुनाए ।

पछिल्लो ६ महिनादेखि विपन्नलाई खाना खुवाइरहेको हाम्रो टिम नेपाल नामक संस्थालाई हौसला बढाउन उनी खुलामञ्च आएका हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताए ।

भट्टराईले खाना खुवाउन सहयोग गर्ने आश्वासन दिएको बताउँदै अध्यक्ष पन्तले भने– ‘फोन गरेर भेट्न आउनू, के सहयोग गर्नुपर्छ म गर्छु भन्नुभएको छ ।’

प्रकाशित : असोज १४, २०७७

प्रतिक्रिया दिनुहोस्