मैथिली भाषालाई विश्वव्यापी बनाउन एपको विकास



जनकपुरधाम : एक जना अभियन्ताले मैथिली ‘टयुटर’ नामक एपको विकास गरी मैथिली भाषालाई विश्वव्यापी गरेका छन् ।

बन्दाबन्दीका अवधिमा अभियन्ता अभिनव झाले सो एपको विकास गरी मैथिली भाषालाई विश्वव्यापी बनाउन सफल भएका हुन् । अभियन्ता झा सप्तरी जिल्लाको राजविराज नगरपालिकाका हुन् । अस्टे«लियाको लाँ ट्रो विश्वविद्यालयबाट दूरसञ्चार र नेटवर्क इञ्जिनीयरिङमा एमई गरी भारतको एउटा कम्पनीमा कार्यरत रहेका उनी बन्दाबन्दीका कारण घरबाटै कार्य सम्पादनका क्रममा सो एपको विकास गरेका हुन् ।

मैथिली टयुटर नामक एपबाट मैथिली भाषा सजिलै सिक्नसक्ने विशेषता रहेको छ भने यसबाट मैथिली भाषीलगायत अन्य भाषीसमेत मैथिली भाषा सिक्न सकिनेछ । अभियन्ता झा भन्छन्, “आफू अस्टे«लियामा अध्ययन गरे पनि मैथिली भाषाप्रतिको अगाध आस्था र पारिवारिक सदस्य एवं समाजको सहयोग एप विकासका लागि उत्प्रेरित गरेको हो ।” एपमा मैथिली भाषाको ऐतिहासिकताबाट प्रारम्भ गरी पाँच अध्यायमा भाषा बोल्ने र सिक्ने सीप र अभ्यासको विकास गरिएको छ ।

अभियन्ताका आमा आरती झा अभिनव मैथिलीे भाषाको एप विकासले विश्वभरि पुर्याउनमा सफलता पाएकामा आफू गौरव महसुस गरिरहेको बताउछिन् । अडियो, भिडियो, ग्राफिक्स र एनीमेशनको सहयोगले १५ दिनमा विकास गरिएको यस एपलाई गुगल प्लेस्टोरबाट डाउनलोडगरी मैथिली भाषा सजिलै सिक्नसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– देशभर पहाडी भूभागहरुमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम

काठममाडौं : सरकारले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेको छ। आज सरकार प्रवक्ता पार्वत गुरूङले गत कात्तिक

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले नियमित गर्दै आएको कोरोनासम्बन्धी मिडिया ब्रिफिङ भोलि (फूलपाति) देखि

काठमाडौं : पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटालाई कोरोना संक्रमण पुष्टि भएको छ । बास्कोटाले सामाजिक सञ्जालमार्फत आफूलाई

काठमाडौं– काठमाडौं महानगरपालिकाले रानीपोखरीको ऐतिहासिक उद्घाटन भएपनि निर्माण गर्न बाँकी रहेका कामहरुलाई चरणवद्ध रुपमा अगाडी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख

काठमाडौं– मुलुकमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण जारी छ । पछिल्लो समयमा सङ्क्रमणले

काठमाडौं– मुलुकका शक्तिपीठमा कोभिड–१९ कारण यस पटक पशुबलि निकै कम हुने भएको छ । कोरोनाको

काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्था रअका प्रमुखलाई नभटेको सचिवालयले जनाएको छ।

पर्सा– भारत सरकारले कोरोनाभाइरस महामारी रोकथाम तथा नियनत्रणको लागि बन्द गरेको नेपाल-भारत सीमानाकाहरु खोलेको छ

काठमाडौं : कक्षा १२ को वार्षिक परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय

काठमाडौं : राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइको जिम्मेवारी फ्रान्सको आईडीईएमआईए आइडिन्टीटी एण्ड सेक्युरिटीलाई दिने